ठेकेदारको लापारबाहीले उदयपुरको लिम्चुङबुङमा विद्युत विस्तारको काम अलपत्र

ठेकेदारको लापारबाहीले उदयपुरको लिम्चुङबुङमा विद्युत विस्तारको काम अलपत्र

उदयुपरको लिम्चुङबुङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र बनेको छ । ठेकेदार कम्पनिको लापरबाहीका कारण गाउँपालिकाको बासबोटे, बाराहा, ताम्लीछा र बलम्ता क्षेत्र शाखा विस्तारको काम अलपत्र बनेको हो ।

आर्थिक वर्ष २०७४–७५ मा गाउँपालिकाको १ करोड ८८ लाख ५५ हजार लागतमा विद्युत प्राधिकरणले तार र पोलहरु खरिद गरेको थियो । अहिले ७० भन्दा बढि पोल र हजारौ मिटर आल्मोनियमको तार व्यबहारीसे अवस्थामा रहेको छ । मीना कन्ट्रक्सन सप्लायर्स गाईघाटले ठेक्का लिएर विस्तार गरेको ठाउँमा बर्खाको समयमा ढलेको पोल तथा छरिएका तारहरु काम नलाग्ने अवस्थामा पुगेको छ ।

चार महिना अगाडि हिमाल एफ.एमले स्टीमेट अनुसार पोढ नगाडेका कारण पोल ढलेको विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेपछि गाउँपालिकाले मिना कन्सट्रनलाई पोल गाड्न दबाव दिएको थियो । गाउँपालिकाको निर्देशन पछि मिना कन्सट्रक्सनले केही पोल गाडे पनि अधिकांस स्थानका पोल लथालिङग अवस्थामा रहेको सहकर्मी गुरुमणि कुमाईले बताए ।

गाउँपालिका उपाध्यक्ष रमिला राईले भने बाँकि रहेको काम चाडै सक्नका लागि मिना कन्ट्रक्सनसँग छलफल गरि काम सुचारु गर्ने बताईन । गाउँपालिकाबाट मिना कनस्ट्रक्सनले ८ लाख रुपैया भुक्तानी लिन बाकि रहेको छ ।

यता, गाउँपालिकाको बाँकि स्थानमा विद्युत प्राधिकरणको ५ करोड लागतमा रविन निर्माण सेवाले विद्युत विस्तार गरिरहेको छ । तर, मिना कन्सट्रक्सनले काम पुरा नगरेको ठाउँमा थप काम अगाडि बढाउन नसकेको रविन निर्माण सेवाले जनाएको छ । यसकारण लिम्चुङबासीको उज्योलामा बस्ने सपना पर धकेलिएको छ ।

सम्बन्धित खवर