सस्तोमा खाना खुवाउने बाहानामा पर्यटक ढाँट्दै होटल

सस्तोमा खाना खुवाउने बाहानामा पर्यटक ढाँट्दै होटल

केही समयदेखि प्रदेश १ मा सस्तोमा खाना खुवाउने लहर नै चल्दै आएको छ । पर्यटन वर्ष शुरु भएकै दिन इलाममा १ रुपैयाँमा खाना खुवाएका थिए । केही दिन अघिबाट विराटनगरमा पनि १० रुपैयाँमा पेटभरी खाना खुवाउन शुरु गरिएको थियो । त्यसैगरी दमकमा पनि मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ ।
सस्तोमा खाना खुवाउने होडबाजीमा भएपछि इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु गर्याे तर यो अभियान भने पर्यटक आकर्षित गर्ने बाहना मात्र हो । सस्तोमा खाना पाइन्छ भन्ने सुनेर त्यहाँ पर्यटक पुग्ने हो भने अव त्यहाँप र्यटकको ढाड सेक्ने गरी पैसालिने गर्छन ।
गरिब, असहाय, विपन्न र सडकमा भौँतारिएर दिन बिताउनेहरुलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको बताइएको छ । तर होटल भने गरीव र असहायको नाम बेचेर पर्यटक ढाँटिरहेका छन । त्यहाँ पुग्ने गरीव असहाय भने पूरै रकम तिर्न बाध्य छन ।
सस्तोमा खाना पाइन्छ भनेर पर्यटक आकर्षण गरेर पर्यटकलाई ढाँटिरहेका छन । होटलले साँचै पर्यटन वर्षमा सस्तोमा खाना खुवाउन सक्छन भने बेलुका आएका पर्यटकलाई भोलिपल्ट मात्र सस्तोमा खाना खुवाएको थाहा दिएर हल्ला फिजाँईरहेका छन । हल्ला गरेर पर्यटक आकर्षण मात्र गर्ने्कि पर्यटकलाई त्यस पछि आएका पर्यटकलाई पनि सस्तोमा खुवाउन ? पर्यटकलाई अन्योल बनाउन हुँदैन ।
हल्ला मात्र होइन निश्चित समय सम्म खुवाउने घोषणा गर्नुपर्दछ । होइनभने सरकारले नेपाल भ्रमणवर्ष २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष साथ अघि बढिरहँदा पर्यटक ढाँट्ने कामले पर्यटन विकासमा असर पर्छ । यस्ता क्षणिक चर्चा बटुल्ने गतिविधि नियन्त्रण गर्न जरुरी देखिन्छ ।

सम्बन्धित खवर