लिग लिडर मछिन्द्र हिमालयन शेर्पासँग खेल्दै

लिग लिडर मछिन्द्र हिमालयन शेर्पासँग खेल्दै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल शुरू हुदैछन्। सातौँ चरणको पहिलो दिन आज एक खेल मात्रै हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
आज लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ ।
शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्दैछ। लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेल खेल्दै १३ अंक जोडेको छ। उसले ४ जित र २ बराबरी खेलेको छ ।
मछिन्द्र र मनाङले खेल मैदानमै झगडा गरेपछि उनीहरुको एक–एक अंक अखिल नेपाल फुटबलसंघले घटाएको छ । त्यस्तै शेर्पा ४ बराबरी र २ हारसहित ४ अंक जोडेर अंकतालिकाको अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर