आज पनि ओली–प्रचण्ड छलफल

आज पनि ओली–प्रचण्ड छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफलको तयारी गरेका छन्।
केही समयको संवादहीनताको अवस्था तोड्दै हिजो बसेको दुई अध्यक्षबीचको बैठक सकारात्मक भएपछि आज पुनः छलफल गरी सभामुख उम्मेदवार टुंगो लगाउने तयारी गरिएको हो।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखबिहीन अवस्थामा रहेको छ। नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादी पक्षधर आ–आफ्नो पक्षका व्यक्तिलाई सभामुख बनाउने प्रस्तावमा अडिग रहेपछि नेकपाले अहिलेसम्म सभामुख उम्मेदवार टुंगो लगाउन सकेको छैन्।
हिजो अध्यक्षद्वयबीचको छलफल सकारात्मक भएपछि आज उम्मेदवार टुंगो लगाउने र उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
पछिल्लो सहमतिअनुसार सभामुख उम्मेदवार पूर्व माओवादी पक्षलाई दिन अध्यक्ष ओली लचक देखिएको जनाइएको छ।
आज बिहान बालुवाटारमा बस्ने अध्यक्षद्वयको बैठकमा सभामुख उम्मेदवार टुंग्याउनुका साथै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलगायत समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित खवर