एमसीसीबारे बहस नै आवश्यक छैन्, नेकपाले अस्वीकार गरिसकेको हो : युवा नेता दीपशीखा

एमसीसीबारे बहस नै आवश्यक छैन्, नेकपाले अस्वीकार गरिसकेको हो : युवा नेता दीपशीखा

एमसीसी सम्झौताबारे बहस चर्किरहेको बेला सत्तारुढ नेकपासम्बद्ध राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले एमसीसीबारे बहस गर्न नै आवश्यक नरहेको बताएका छन् । उनले नेकपाको स्थायी समितिले यसअघि अस्वीकार गरिसकेको भन्दै बहस अनावश्यक भएको बताएका हुन् ।

एमसीसी सम्झौताबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै युवा नेता दीपशीखाले एमसीसी इण्डो–प्यासिफिकअन्तर्गत भएको प्रमाणीत भएसँगै यसको कथा नै सकिएको बताएका हुन् । उनले नेकपाको स्थायी समितिले एमसीसीबारे निर्णय गरिसकेकोले अब लागु गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा दीपशीखाले भनेका छन्, ‘एमसीसीबारे पार्टी निर्णय बिचार गरौं –नेकपा स्थायी कमिटीले एमसीसी इण्डो–प्यासेफिकअन्तर्गत नभएको प्रमाण ल्याए स्विकार गर्ने । उता अमेरिकी राजदुतले एमसीसी इण्डो–प्यासिफिकअन्तर्गत नै हो भनेर भनिसके । एमसीसीबारे कथा नै सक्किसक्यो । अब किन बहस गरिरहने ? पार्टी निर्णय लागु गरौं ।’

दीपशीखाले मध्यपूर्वी देश इराकमा अमेरिकाले गरेको व्यवहारबाट पनि नेपालीले सिक्नुपर्ने बताएका छन् । इराकी संसदले अमेरिकी फौजलाई देश छोड भन्दा पनि नमानिरहेको उल्लेख गर्दै दीपशीखाले अमेरिकी शैलीलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

सम्बन्धित खवर