ए डिभिजन लिग ः छैठौं चरणका खेल सकिए, को बन्ला च्याम्पियन?

ए डिभिजन लिग ः छैठौं चरणका खेल सकिए, को बन्ला च्याम्पियन?

सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत छैटौं चरणका खेलहरु समाप्त भएका छन्। छैटौं चरणसम्मको खेललाई मान्ने हो भने उपाधि होडमा अझैपनि कुनैपनि टिमको क्लीयर फिक्चर बाहिर आएको छैन्।
आधा खेल हेर्दा लिगको उपाधि होड यो पटक अन्तिम सम्म खुला हुने पक्का छ। अहिलेसम्म मछिन्द्र क्लब १३ अंकका साथ अग्र स्थानमा रहेको छ भने त्रिभुवन आर्मी पनि समान १३ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै तेस्रो स्थानमा साबिक विजेता मनाङ मस्याङ्दी क्लब रहेको छ।
उसको १२ अंक रहेको छ। १० अंकका साथ थ्रीस्टारले मनाङलाई पछ्याइरहेको छ। जावलाखेलले समान खेलबाट आठ अंक मात्र जोडेको छ।
उपाधि होडमा मच्छिन्द्र र आर्मी सर्वा्धिक अघि हुने संभावना अहिलेसम्मको प्रतिस्पर्धाले देखाएको छ। सातौं चरणमा उपाधि होडमा रहेका दुई क्लब मध्ये आर्मीले बलियो मानिएको च्यासलविरुद्ध प्रतिस्पर्धा गर्दा अर्को दाबेदार मच्छिन्द्रले हिमालयन शेर्पा्विरुद्ध खेल्ने छ।
त्यसैले स्वभाविक रुपमा सातौं चरणको शीर्ष स्थानमा पुग्न छैटौं चरणका शीर्ष तीन टीम गर या मरका रूपमानै प्रतिस्पर्धाका लागि मैदान उत्रने छन्।
मनाङविरुद्धको खेलमा थ्रीस्टारलाई उपाधि होडमा आउने एक मौकाको रुपमा यो प्रतियोगिता रहने छ। छैटौं चरणमा अप्रत्यासीत रुपममा फ्रेन्डससँग थ्रीस्टार पराजित हुन पुग्यो। त्यसैले पनि मनाङविरुद्धको सातौं चरणमा थ्रीस्टार उपाधि होडमा रहने या बाहिरिने भिडन्तको रुपमा समेत यो खेल रहने छ।
मनाङका लागि समेत थ्रीस्टारसँगको खेल उपाधि होडको प्रतिष्ठाका रुपमा रहेको छ। साविक च्याम्पियन मनाङ १२ अंक सहित तेस्रो स्थानमा रहँदा शीर्ष स्थानमा फर्कने अवसरका रुपमा समेत यो खेल रहने छ। शनिबार हुने यी दुई टीमबीचको भिडन्त रोमाञ्चक हुने आँकलन गरिएको छ।

सम्बन्धित खवर