कप्तान डिबाला चम्कँदा युभेन्टसको फराकिलो जित

कप्तान डिबाला चम्कँदा युभेन्टसको फराकिलो जित

अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन कप अन्तर्गत बुधबारको खेलमा युभेन्टसले उडीनेजेलाई ४-० ले पराजित गरेको छ । युभेन्टसको जितमा कप्तानको भूमिकामा रहेका डिबालाले २ गोल र १ असिस्ट प्रदान गरे ।

त्यसको केहिबेरमा नै युभेन्टसले पेनाल्टीको अवसर पायो । उडीनेजेका गोलरक्षक निकोलसले पेनाल्टी क्षेत्रभित्र फेडेरिको बर्नार्डेस्कीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई डिबालाले सहजै गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । फरवार्ड क्रिस्टियानो रोनाल्डो बिरामी भएका कारण अनुपस्थित रहेको खेलमा डिबालाले उत्कृष्ट प्रदर्शन गरे ।

दोस्रो हाफको सुरुवातमै युभेन्टसले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड करार दिए । माथिस डे लिग्टको प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्डमा हिगुआइनले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले डे लिग्टले पास पाउने बेलामा नै अफसाइड रहेको देखाएपछि गोलले मान्यता पाएन ।

डिबालाले ५८ औं मिनेटमा युभेन्टसलाई सहज जिततर्फ उन्मुख गराए । उनले हिगुआइनको पास लिएपछि पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट गोल गरे । अनमार्क रहेका डिबालाले दायाँ भागबाट गरेको प्रहारले गोलरक्षक निकोलसलाई बिट गर्न सफल रहयो ।

उडीनेजेका डिफेन्डर ब्राम न्युटिन्कले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि रेफ्रीले युभेन्टसलाई पुन: पेनाल्टी दिए । डिबालाले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले पेनाल्टी डग्लस कोस्टालाई दिए । कोस्टाले सहजै गोल गर्दै ४-० को फराकिलो अग्रता दिलाए ।

खेलको अन्तिम समयमा युभेन्टसले अर्को गोल गर्ने अवसर गुमायो । डिफेन्डर ड्यानीएल रुगानीको प्रहार पोस्टमा लाग्दा उडीनेजे जोगिएको थियो । यस जितसँगै युभेन्टस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब बिहीबार हुने रोमा र पार्माको विजेताले युभेन्टसको सामना गर्नेछ ।

बुधबार भएको अन्य खेलमा फिओरेन्टिनाले एटलान्टालाई २-१ ले पराजित गर्यो । प्याट्रिक कुट्रोनेले ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । जोसिप इलिचिचले एटलान्टाका लागि बराबरी गोल गरे । खेलको ६ मिनेट बाँकी रहँदा पोल लिरोलाको गोलमा फिओरेन्टिना जित हासिल गर्न सफल रहयो ।

यस्तै अर्को खेलमा मिलानले एसपीएएल माथि ३-० को सहज जित दर्ता गर्यो । मिलानले घरेलु मैदानमा क्रिस्टोफ पियाटेकको गोलमा अग्रता लिएको थियो । ४४ औं मिनेटमा पियाटेककै गोलमा सामु कास्टिलेजोले मिलानको अग्रता दोब्बर पारे । ६६ औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानको जित पक्का भएको थियो ।

सम्बन्धित खवर