मुसहर समुदायले प्रथम अन्तर्राष्ट्रिय भुईया दिवस आज देखि मनाउदै ।

मुसहर समुदायले प्रथम अन्तर्राष्ट्रिय भुईया दिवस आज देखि मनाउदै ।

 

सर्लाही, ०७६ माघ १ गते ।
मोरङ्ग देखी पर्सा सम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने घोषणा गरे अनुसार आज प्रत्येक मुसहर बस्तीमा भुईया महाराजको पुजाआजा गरी आज भुईया दिवस मनाईएका छन् । मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट दुध, मिठा, लारा कचडा, अगरबती, पान, सुपारी, लगं लगायत अन्य सामग्री किनी पुस्तौ देखी गर्दै आएको रितिरिवाज अनुसार पुजाआजा गरी नयाँ बासमा तिर धनुष बनाई नयाँ ढाजा गाडी आज अन्तर्राष्ट्रिय भुईया दिवस मनाएका छन् । अन्तर्राष्ट्रिय भुईया दिवसको दासो दिनमा दिनमा मुसहर समुदायको विभिन्न बस्तीबाट झाकी प्रदर्शन गर्ने र तेस्रो दिनमा प्रदेश नं. २ का उधोग पर्यटन मन्त्रालयका माननीय राज्यमन्त्री सुरेश मण्डल, भारत विहारको पुर्व मुख्यमन्त्री जितनराम माझीको छोरा, मुसहर समुदायको प्रथम पिएचडी तथा विधान परिषदको सदस्य माननीय सन्तोष सुमन माझी, पर्वत पुरुष दशरथ माझीको छोरा भागीरथ माझी लगायत नेपालको शिक्षित, बुद्धिजीवि, समाजसेवीहरुको सहभागीतामा मन्चीय कार्यक्रम, उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा, कलाकारहरु द्धारा साँस्कृतिक कार्यक्रम तथा मुसहर समुदायलाई सहयोग गर्ने व्यतिm तथा सस्थाहरुको सम्मान गर्ने कार्यक्रम रहेको शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझीले जानकारी दिनुभयो ।

अन्तर्राष्टिय भुईया दिवसको आयोजना अभियानी परोपकारी भोर नामक संस्था, शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियान, ईश्वरपुर नगरपालिकाको कार्यलय, राष्ट्रिय मुसहर दिनाभद्री फण्ड, नेपाल राष्ट्रिय मुसहर संघ, अन्तर्राष्टिय मुसहर भुईया विकार समितीको संयुतm आयोजनामा मनाउन लागिएको हो ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय भुईया दिवस मुसहर समुदायको विशेष संलगतामा मनाउने भए पनि भुईयाको अर्थ भुमि, जग्गाजमिन, आमाको रुपमा धर्ती रहेकोले त्यसलाई सबैले सम्मान गरी बर्षको एकपटक पनि समय मिलाएर भुईया दिवस मनाउनु पर्ने बताए ।

बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज(दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, भुमिको राजा भएको मुसहर कसरी भुमिहिन भएर दैनिक जिवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्याउन अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेको बताए ।
दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उहाहरुले सम्र्पुण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अच्याचारी, सामन्ती सित लडी जित प्राप्त गरेका थिए जस्को गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चा रहेकोले त्यसअनुरुप पनि अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेका छन ।

सम्बन्धित खवर