दासढुङ्गामा प्रहरीको गाडी दुर्घटना, १ जनाको मृत्यु ३१ घाइते

दासढुङ्गामा प्रहरीको गाडी दुर्घटना, १ जनाको मृत्यु ३१ घाइते

काठमाण्डौँ, तनहुँ दासढुङ्गामा प्रहरीको ट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने ३१ जना प्रहरी घाइते भएका छन्। दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो।

अन्य घाइतेहरुको भने पहिचान खुल्न बाँकी छ। तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दुर्घटनामा परेको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवनको देवघाटमा लागेको मेलामा सुरक्षा प्रदान गर्न गएको प्रहरीसहितको ट्रक दुर्घटनामा परेको हो।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

सिधाकुरा अनलाइनबाट

सम्बन्धित खवर