प्रबेश बिष्ट ,माघ १, बुधबार
अवैध उत्खनन मार्फत नदिजन्य वस्तु तस्करी गरिएको भन्दै गत शक्रबार रोक्न गएका धनुषका दिलिप कुमार महत्तोलाई टिपरले किचेर हत्या गरिएको थियो । पहिला कुटपिट गरी, पछि महत्तोको हत्या गरेको धनुषाका स्थानियहरुको भनाइ छ ।
धनुषको स्थानिय खोलाको बालुवा गिट्टी उत्खननको विरोधमा उत्रिएका युवकको टिपरले किचेर हत्या गरेपछि यो विषयले देशैभर आतंक मच्चाएको थियो । सोहि कुराको मध्यनजर गर्दै काठमाण्डौका विद्यार्थीहरु दोषिलाई कारबाहीको माग गर्दै उत्रिएका छन् ।
चुरे क्ष्ोत्रको संरक्षणमा लागेका दिलिप कुमार महत्तोको धनुषाको मिथिला नगरपालिका ५ श्रीपूरमा संचालित चुरियामाई बालुवा प्रशोधन केन्द्रको ना. ७ ख. ६४१३ नम्बरको टिपरले हत्या गर्दा पनि कुनै निकायले चासो नदिएपछि आफूहरु भबिष्यका दिलिप कुमारहरु प्रति यस्तो दुव्र्यवहार नहोस भनि आफूहरु आन्दोलनमा उत्रेको काठमाण्डौका विद्यार्थी रचुमणि लुइटेलले जानकारी दिए । आज काठमाण्डौको माइतीघर मण्डलामा दिलिप कुमार महत्तोलाई वातावरण सहिद घोषणा गर भन्दै उनिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।