सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

मङ्गलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य बढेसँगै बुधबार चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

सम्बन्धित खवर