शिवमायालाई सभामुख बनाउन मोरङका उपप्रमुखको ध्यानाकर्षण ँ

शिवमायालाई सभामुख बनाउन मोरङका उपप्रमुखको ध्यानाकर्षण ँ

मोरङ जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुखले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन ध्यानाकर्षण गराएका छन्। नेकपा मोरङ जिल्लालाई ध्यानाकर्षण पत्र बुझाउँदै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुख बनाउन माग गरेका हुन्।
विराटनगरस्थित पार्टी कार्यालय पुगेर ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखले पत्र बुझाएका थिए। उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न ढिलासुस्ती भएको र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमार्फत उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय गर्न नसकेको प्रश्न गरेका छन्। ’श्रमजीवी महिलाका मुर्छित सपनालाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख, उपाध्यक्षहरू विश्वस्त छौँ’ पत्रमा उल्लेख छ।

सम्बन्धित खवर