धनकुटाका पाँच होटललाई गुणस्तरको स्टिकर

धनकुटाका पाँच होटललाई गुणस्तरको स्टिकर

जिल्ला सदरमुकाम धनकुटा बजारका पाँचवटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको छ। खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्दे्शिका २०७४ को मापदण्डमा परेका पाँचवटा होटेलमा पुस २९ मा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको हो।
सदरमुकाममा रहेका होटल मकालु र होटल मुर्चुङ्गा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरणको उत्तममा परेका छन्। त्यस्तै, होटल चिफ एण्ड वेष्ट सन्तोजनक, सुरभी र अञ्जुली समान्य स्तरीकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहितको टोलीले होटलको अनुगमन गरेको हो।

सम्बन्धित खवर