धनुषाको जनकनन्दनी गाउँपालिका–५ बाट स्वचालित पेस्तोलसहित दुई युवकलाई पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेको प्रहरीले जनाएको छ ।
दिपेशले पेस्तोल पड्काउँदै हिँडेको सूचनाका आधारमा जाँदा आँपको बगैचा भएको जमिनमा माटो र खरानीले छोपी लुकाएर राखेको पेस्तोल भेटिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको बताएका छन्।
![पेस्तोलसहित दुई युवक पक्राउ](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2020/01/pakrau_with_pestol_mNGRYsdvO4.jpg?fit=800%2C533&ssl=1)