इलामको सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले हत्या आरोपमा गोगनेकै २८ वर्षीय समुन घले र भारतको दार्जि्लिङ बिजनबारीका २९ वर्षीय विजय घलेलाई पक्राउ गरेका हो ।
सुमन र विजयले गत आइतबार राति १० बजे मादक पदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरी विमलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
विमललाई सोमबार विहान नजिकैको खोल्सीमा मृत अवस्था स्थानीयले फेला पारेका थिए। घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाँम देखिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्ट गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ । अभियुक्त दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थाहाखबर
