जेष्ठ नागरिकलाई फाइबर सिरक र झुल

जेष्ठ नागरिकलाई फाइबर सिरक र झुल

पथरी, पौष महिनाको कठ्याङ्ग्रिदो जाडोमा न्यानो बनाउनका लागि जेष्ठ नागरिकलाई फाइबर सिरक र झुल बितरण गरिएको छ । मोरङ पथरी शनिश्चरे ५ को जेष्ठ नागरिक एकता समन्वय केन्द्रले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडाका ७० वर्ष माथिका ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ का लागि जेष्ठ नागरिकको हक हितका लागि बिनियोजन गरेको १ लाख बजेटबाट सो कार्यक्रम गरिएको समितिका सचिव लक्ष्मी प्रसाद सुवेदीले बताउनुभयो । जाडोमा न्यानोका लागि १ थान फाइबर सिरक, १ थान झुल र दोसल्ला ओडाएर सम्मान गरिएको हो । सम्मानित व्यक्तिलाई यातायात खर्च वापत रु. १ सय रुपैया पनि दिइएको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष जोग बहादुर धिमाल, जेष्ठ नागरिक नगर समिति अध्यक्ष नेत्र प्रसाद दाहाल, नगरको जेष्ठ नागरिक, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा वक्ताहरुले जेष्ठ नागरिकका हक हितका लागि सदैव लाग्नु पर्ने बताए । राष्ट्रका धरोहर नै जेष्ठ नागरिक भएकाले सबैले सम्मान गर्नु पर्ने र आगामी दिनमा पनि वडाले जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरु ल्याउने प्रमुख अतिथि जोग बहादुर धिमालले बताउनुभयो ।

सम्बन्धित खवर