विद्यालय र विद्यार्थीलाई सहयोग

विद्यालय र विद्यार्थीलाई सहयोग

पथरी, मोरङको पथरी शनिश्चरेका शिक्षासेवीहरुले आज वडा नम्वर ३ को सामाजिक आधारभूत विद्यालय र त्यहाँका विद्यार्थीका लागि सामग्री हस्तान्तरण गरेका छन् ।

‘अभियन्ताहरुको अभियान, शिक्षादान सर्वदान’ नारा सहित प्रदीपकुमार राईको अगुवाईको समूहले विद्यालयका लागि १० थान सिलिङ पंखा, ३२ इन्चको एउटा एलइडी टेलिभिजन प्रदान गरेको छ । साथै त्यहाँका सम्पूर्ण १ सय ४८ जना विद्यार्थीलाई स्वेटर र ट्राउजर समेत प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सामग्री वितरण गर्दै यसखाले शिक्षासेवीको अभियानले समस्यामा रहेका विद्यालय र विद्यार्थीलाई टेवा पुगेर शैक्षिक गुणस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा, विद्यालयले सहयोगीहरु तथा लायन्स, जेसीजका अधिकारीहरुलाई समेत प्रशंसापत्रले प्रशंसित समेत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद तुम्वापो, प्रधानाध्यापक शंकरकुमार धिमाल सहितले विद्यालयकोतर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अभियानमा प्रदीपका साथै अशोक हुक्पा चोङ्वाङ लिम्बू, गणेश थक्लुङ लिम्बू, इन्द्रमाया लिम्बू, सहारा लिम्बू, पर्शु गुरुङ, सञ्जीव सुब्बा सहितले रकम संकलन गरी ती सामग्री हस्तान्तरण गर्ने कार्यक्रम बनाउनु भएको हो । सो समूहले अन्य विद्यालयमा पनि यस्तैखाले कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर