एकै घरका २ जना अधिकृत सम्मानित

एकै घरका २ जना अधिकृत सम्मानित

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. ४ का एकै घरका २ जना अधिकृत सम्मानित भएका छन् । लोकसेवा आगोगले लिएको परीक्षामा एकै घरका सहोदर दुई दाजुभाइ कुवेर र तारा प्रसाद ढकालले स्थानीय तहको छैटौँ तहमा सिफारिस भएका थिए । हाल कुवेर उर्लाबारी नगरपालिकामा आन्तरिक लेखा परीक्षकको र तारा प्रसाद पथरी शनिश्चरे नगरपालिकाको शाखा अधिकृत छन् ।

ढकाल सहित वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी अन्य ५ जनालाई सम्मान गरेको हो । ढकाल द्वयसंगै सफिरिस भएका सोही वडाका नविनराज भट्टराई पनि सम्मानित भएका छन् । यस्तै सोही कार्यक्रममा अखिल भारतीय अन्तर्राष्ट्रिय तेक्वान्डो चेम्पियनसीप २०१८ मा र लुम्बिनी अन्तर्राष्ट्रिय तेक्वान्डो चेम्पियनसीप २०१९ मा सिनियर तर्फ कास्य पदक प्राप्त गर्ने आशिष कार्की र सोही प्रतियोगितामा जुनियर तर्फ कास्य पदक प्राप्त गर्ने सुजन तामाङलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पाँचै जनालाई कार्यक्रममा अध्यक्ष, विशिष्ट अतिथि र अतिथिहरुले सम्मान पत्र, अविर तथा फुलमालाले सम्मान गरिएको थियो । कडा मेहनत गरी शाखा अधिकृतमा नाम निकाली वडाको नाम राखेको र खेलकुदको क्षेत्रबाट पथरीशनिश्चरे वडा नं. ४ लाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकोले वडाले निर्णय गरेर सम्मान गरेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताए ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष बाबुराम दाहाल, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा लगाएतको उपस्थीथि रहेको थियो ।

सम्बन्धित खवर