पुलिस विरुद्ध एनआरटिको सानदार जित

पुलिस विरुद्ध एनआरटिको सानदार जित

प्रवेश बिष्ट

सहिद स्मारक ए डिभिजन लिगको उपाधि दाबेदार विभागीय टिम नेपाल पुलिस क्लबलाई न्युरोड टिम एनआरटी क्लबको नराम्रो धक्का लागेको छ । दशरथ रङ्गशालामा आज सम्पन्न पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्लब न्युरोड टिम एनआरटी क्लबसँग १ –० गोलले पराजित भएको हो ।

यो हार सँगसँगै विभागीय टिम नेपाल पुलिस क्लबले उपाधि विजेता बन्ने यात्रालाई कमजोर बनाएको छ । त्रिपूरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको पहिलो हाफसम्म दुबै टोलीले गोल गर्ने मौका सिर्जना गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा एनआरटीलाई जिताउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ७६ औा मिनेटमा दर्शनले निर्णायक गोल गरेका हुन् ।

जितसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ भने पुलिस सातौँ स्थानमा छ ।

सम्बन्धित खवर