अवसर सदुपयोग गर्न नसक्दा एपिएफ र च्यासल बराबरीमा रोकिए

अवसर सदुपयोग गर्न नसक्दा एपिएफ र च्यासल बराबरीमा रोकिए

प्रवेश बिष्ट

सहिद स्मारक ए डिभिजन लिगको उपाधि दाबेदार विभागिय टिम एपिएफ क्लब र च्यासल युथ क्लब बिचको खेल बराबरीमा टुङ्गिएको छ । नेपालको एक मात्र राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालामा आज सम्पन्न दोस्रो खेलमा विभागिय टिम एपिएफ र च्यासल युथ क्लबले पाएको अवसर सदुपयागे गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।

यो बराबर सँगसँगै च्यासल युथ क्लबले अंक तालिका सुधार्ने मौका गुमाएको छ । त्रिपूरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा पाएको अवसरलाई मार्गदर्शन गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । एपिएफ विरुद्ध बल पोजिसन एकतर्फि बनाएको च्यासलले पाएको अवसर गुमाउदा १ अंकमा चित्त बुझाएको हो । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा छ भने एपिएफ ६ खेलबाट ५ अंक जोडेर लिगको १२ आँै स्थानमा छ ।

सम्बन्धित खवर