विपन्न सुत्केरी महिलालाई वडाले दियो सहयोग

विपन्न सुत्केरी महिलालाई वडाले दियो सहयोग

पथरी, मोरङको पथरी शनिश्चरे ७ की आर्थिक विपन्न एक सुत्केरी महिलालाई वडा कार्यालयले आज सहयोग प्रदान गरेको छ ।

शिवचोककी सुत्केरी हीरामाया विश्वकर्मालाई सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुराको समस्या भएको अवस्थामा कार्यवाहक वडाध्यक्ष काँशीहांग राई, सदस्य कुमारी रोक्का र विरोज मगरको अगुवाईमा १ हजार नगद तथा कुखुरा प्रदान गरिएको छ । ३ दिनकी सुत्केरी विश्वकर्माले वडा कार्यालयमा आइ आफु समस्यामा रहेको निवेदन दिनु भएको थियो ।

सम्बन्धित खवर