सुकुम्बासी समस्या ज्युँका त्युँ

सुकुम्बासी  समस्या ज्युँका त्युँ

राजकुमारी तामाङ, पथरी

विं संं. २०३५ साल देखि सुरु भएको सुकुम्बासी समस्या देशमा नै एउटा गम्भिर समस्याको रुपमा रहेको छ । २०३५ साल देखि सुरु भएको यो समस्यामा सरकारले विभिन्न चरणमा अन्त्य गर्न सुकुम्बासी आयोग नै गठन गरे तर स्थिर सरकार नहुदा समस्या भने ज्युका त्यु रह्यो ।
हाल संघिय संरचना निमार्ण भएको अर्थात दुई तिहाईको सरकार गठन भएको पनि २ वर्ष भै सकेको छ । अझ सम्म पनि सरकाले पहल कदमी पाईला चाल्न नसक्दा सुकुम्बासीहरु भने आन्दोलित बन्न थालेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरको कुल जनसंख्या मध्ये ७५ प्रतिशत सुकुम्बासी रहेका छन् । विगत लामो समय देखि धनीपुर्जा प्राप्तीका लागि संघर्षरत सुकुम्बासीहरु जग्गामा दोहोरो स्वामित्वले गर्दा भुमाफियाले सताउने गरेको बताउँछन् ।
यतिबेला २ तिहाईको नेकपा सरकारले पनि बेवास्ता गरेको भन्दै पथरीका सुकुम्बासीहरु तदर्थ समिती नै निमार्ण गरेर चरणबद्ध आन्दोलनका कार्यक्रममा जुटेका छन् । विंसं. २०४५,०४६ सालको धनीपुर्जा लिएर सुकुम्बासीले बसोेबास गर्दै आएको जग्गामा भुमाफियाले आफनो भन्ने गरेको पिडितहरु बताउँछन् ।
मौसम लिम्बुको नेतृत्व रहेको संघर्ष समितिले शनिबारमा पथरीको जाँते मोडमाा खबदारी सभा तथा कार्यक्रम घोषणा गर्दै प्रदेश १ सरकारले ६ महिना भित्र समस्या समाधान गर्नुपर्ने पत्रमा उल्लेख छ ।
समितिले सुकुम्बासी परिचयपत्र वितरण गर्ने, पथरीशनिश्चरे नगरको हरेक वडामा चार वटा टोल समिती गठन गर्ने, सुकुम्बासी युवा, महिला समिति गठन गर्ने, विभिन्न विचार गोष्ठी गर्ने, भूमाफियालाई गाउँ पस्न प्रतिवन्द गर्ने, नेपालको राष्ट्रपति, भूमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने लगायत १४ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
साझा संघर्ष समितिले जोत भोगको आधारमा जग्गा पाउनुपर्ने, जग्गा दिदा रकम लिन नहुने र जग्गा दिन्छु भन्दै विगतमा लिइएको रकम फिर्ता गर्नुपर्ने घोषणामा उल्लेख छ । घोषणा सभामा मंगोल नेशनल अर्गनाइजेसन ९एमएनओ०को केन्द्रीय सद्स्य, प्रदेश १ को संयोजक शक्ति राई, नेपाली कांग्रेस क्षेत्रीय सचिव राजु लामा, समाजवादी फोरमको परसुराम लिम्बू, संघीय लिम्बुवान मन्चको उदय मादेन लगायतले विचार राखेका थिए । वक्ताहरुले नेकपा सरकारको विरोध गर्दै भूमाफिया नेकपाले पठाउने गरेकोसम्म आरोप लगायका थिए । सभामा करिव एक हजार सहभागी रहेका थिए ।
सरकारले ईलामको पेल्टीमारी चुलाचुली, झापाको हम्सेदुम्से, सुनसरीको कोशी टप्पु,धरानको सर्दुजलाधरको बसोबासका लागि सटटा भर्ना ल्याएको थियो । सटा भर्ना आएका मध्ये केहिले यो क्षेत्रमा बसोबास गरेको भनेर अदालतमा मुद्धा बिचाराधिनमा रहेको छ ।
यसै क्षेत्रबाट निर्वाचित भएर गएका कानुन तथा स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले हाल सम्म पनि कुनै कदम चालेका छैनन् यस्तै यसै क्षेत्रका प्रदेश सांसद सुयर्माराज राईले पटक पटक सदन कुरा उठाएको र यसको चाडै अन्तय हुने आस्वसन दिएका छन् ।
पथरीशनिश्चरेका नगरप्रमुख दिलिप कुमार राई भने सुकुम्बासी समस्या अन्त्यका लागि संघिय सरकारलाई दबाब बढाउन यति बेला संघिय सरकार कार्यालय काठमाडौमा पुगेका छन् । अहिलेको यो स्थीर सरकार अर्थात २ तिहाइको सरकारले पनि सुकुम्बासी समस्या अन्त्य नगरे कस्ले गर्ला ?

सम्बन्धित खवर