अबैध खोला उत्खन्न विरुद्ध लागेका दिलिपको क्रसर डनले ज्यान लिए

अबैध खोला उत्खन्न विरुद्ध लागेका दिलिपको क्रसर डनले ज्यान लिए

धनुषा, क्रसर डनहरुले अबैध रुपमा खोला उत्खन्न गरेको बिरोधमा लागेका २४ वर्षीय दिलिप कुमार (ओमप्रकास) महतोको हत्या गरेका छन् । शुक्रबार बिहान आफ्नै घरछेउमा रहेको औरही खोलामा अबैध उत्खन्न गरेको थाहा पाएपछि खोला पुगेका महतोको टिपरले किचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

मिथिला नगरपालिका ५ श्रीपुरका महतो भारतमा बसेर अध्ययन गर्दै आएका थिए । छुट्टिको समयमा घर आएका महतोले अबैध रुपमा खोला उत्खन्न रोक्न भन्दै खोला पुगेका थिए । उनि संगै गएका साथि रोशन यादव पनि थिए । दिलिपलाई रडले कुटेर बेहोस बनाएपछि टिपर ब्याक गरेर किचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दिलिपलाई किचेपछि रोशन पनि आफ्नो ज्यान बचाउन त्यहाँबाट भागेका थिए ।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ। उत्खनन रोक्न गएका दिलीपको हत्या गरेको आरोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका १२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका ९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो।

किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना. ७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो। श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।

पक्राउ परेकालाई सार्वजनिक गर्दै एसपी बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा(गिट्टी चोरी गरिरहेको थाहा पाएपछि ओमप्रकाश र रोशन गए। टिपर चालकसँग केही बेर भनाभन भयो। सोही क्रममा लिभरले दाहिने कोखमा हानी घाइते बनाए। अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो।’

सम्बन्धित खवर