दशगजामै भारतले निमार्ण थाल्यो स्वागतद्वार, निर्माण कार्य स्थगित

दशगजामै भारतले निमार्ण थाल्यो स्वागतद्वार, निर्माण कार्य स्थगित

राजेन्द्र महतो, लहान

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी बजार नजिकै एक हप्ता अगाडिदेखि भारतीय कस्टम कार्यालयले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित गरिएको छ।

भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य मिड प्वाइन्टबाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै परेको पाइएको हो ।

विवादको अन्तिम निर्क्यौल नभएसम्मको लागि काम स्थगित गरेको र दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका प्रमुख एसपी प्रविण कडेँलले बताएका छन्।

एक हप्ता अगाडिदेखि भारतीय कस्टमले स्वागतद्वार निर्माण कार्य गर्न थालेको थियो । उक्त निर्माण कार्यको स्थानीयले विरोध गरेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।

सम्बन्धित खवर