ताइवानमा आज राष्ट्रपति निर्वाचन

ताइवानमा आज राष्ट्रपति निर्वाचन

ताइवानमा आज राष्ट्रपति निर्वाचनमा लागि लाखौंले मतदान गर्दैछन् । यो चुनावले ताइवानको चीनसँगको सम्बन्धको भविष्य तय गर्ने बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति साइ इङ्ग वेन चीनको प्रभावमा ताइवन बस्न नहुने चुनावी नारा सहित चुनावी प्रतिस्पर्धामा छिन् ।
उनका मुख्य प्रतिस्पर्धी हान क्यु यु भने चीनसँगको समस्या सिघ्र समाधानको पक्षमा रहेका छन् । उनी चीन पक्षधर नेता हुन् । दुई वर्ष अघि भएको स्थानिय निर्वाचनमा राष्ट्रपति साइको पार्टीले हार बेहोरे पनि हङकङमा जारी तनाव र चीन विरोधी भावनाले यस निर्वाचनमा सहयोग पुग्ने विष्लेषण गरिएको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति साइले हंगकंगका प्रदर्शनकारीको खुलेर समर्थन गर्दै आउनुभएको छ । चीनले ताइवानको प्रशासनलाई नियन्त्रणमा लिने डरमा रहेका जनताले राष्ट्रपतिलाई नै मतदान गर्ने सर्वेक्षणले देखाउको छ । ताइवानमा १ करोड ९० लाखले मतदान गर्दैछन् ।

सम्बन्धित खवर