सकसपूर्ण सभामुख चयन

सकसपूर्ण सभामुख चयन

सत्तारुढ नेकपामा सभामुख चयन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण भएको छ । अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक गुटबन्दी गरेको भन्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओली रुष्ट बन्नुभएको छ ।
प्रधानमन्त्री निकट उच्च श्रोतले भन्यो, घरी खुमलटार, घरी भैँसेपाटीमा गुटको भेला गर्ने, प्रधानमन्त्रीलाई थाहै नहुने, घर भित्रको समस्या बाहिर फुक्दै हिडेर समस्या कसरी समाधान हुन्छ कार्यकारी अधिकार सुम्पिएको डेढ महिनामै अध्यक्ष दाहालले पार्टी्भित्र चरम गुट भित्र्याएको प्रधानमन्त्री ओलीको ठहर छ । दाहाल पक्षले भने समस्या समाधानको पहल स्वरुप छलफल हुनु सामान्य भएको बताएको छ ।
वरिष्ठ नेता झलनाथ खनालले भन्नभुयो, बामदेव जीले चिया खान बोलाउनुभएको हो । गुटको भेला भनेर बुझ्नु भएन । सचिवालयको आज बस्ने बैठकले सभामुख टुङ्ग्याउने खनालले दावी गर्नुभयो ।
सचिवालय बैठकले सभामुख छान्ने जिम्मा अध्यक्षद्वयलाई दिएपनि आ–आफ्नै अडानमा कायम रहेपछि पुनः सचिवालयमै छलफल हुन लागेको हो । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ वजे बस्दैछ ।
प्रधानमन्त्री केपी ओली संसदीय दलका उपनेता सुभास नेम्वाङलाई सभामुख बनाउने पक्षमा हुनुहुन्छ भने दाहालले देव गुरुङ वा अग्नि सापकोटा मध्ये १ लाई अघि सार्नुभएको छ । प्रतिनीधिसभा हिउँदै अधिवेशन भोलि सुरु हुँदैछ

सम्बन्धित खवर