प्रदेश राजधानीको स्थान र नाम दर्ता हुँदै

प्रदेश राजधानीको स्थान र नाम दर्ता हुँदै

प्रदेश ३ को स्थायी राजधानी र नाम सम्वन्धी प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा आज दर्ता हुदैछ । स्थायी राजधानी नामकरण र प्रदेश नामकरण सम्बन्धी कार्य्विधि २०७६ अनुसार प्रदेशको स्थायी राजधानीको स्थान र नाम प्रदेशसभा सचिवालयमा आज दर्ता हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार सदनमा दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै अपरान्ह १ बजेबाट बस्ने प्रदेशसभाको बैठकमा छलफल प्रारम्भ हुनेछ । प्रदेश सभामा छलफल सकिएपछि भोलि निर्णायार्थ पेश हुने सभामुख श्रेष्ठले बताउनुभयो ।
यद्यपी प्रदेशको नाम बाग्मती र राजधानी हेटौटा राख्ने सत्तारुढ नेकपाले निर्णय गरिसकेकाले सोही प्रस्ताव पारित हुनेछ । प्रदेश ३ मा सत्तारुढ दलकै बहुमत छ ।
स्थायी राजधानीको स्थान र नामको बारेमा पार्टीले गरेको निर्णय विरुद्ध नजान नेकपाले आफ्ना सांसदलाई हिृप जारी गरिसकेको छ । नेकपाका प्रदेशसभा सदस्य रत्न ढकालले भन्नुभयो, हामीलाई हिवप जारी गरिएको छ, यद्यपी हाम्रो असहमति हामीले संसदीय दलमा दर्ता गरेका छौँ,। प्रदेशसभाका केही सदस्यले भने पार्टी ह्वीपको विरोध गरेका छन् ।

सम्बन्धित खवर