वडाबासीको समस्यामा हामी मलम लगाउदै छौँ ः अध्यक्ष बाबुराम दाहाल

वडाबासीको समस्यामा हामी मलम लगाउदै छौँ ः अध्यक्ष बाबुराम दाहाल

पथरी, वडावासीको समस्यामा संधै मलम लगाउन आफु तयार रहेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभएको छ । विहिबार वडा कार्यालयमा आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रमको अवसरमा दाहालले सो कुरा बताउनु भएको हो ।

वडाले विपत व्यवस्थापनको ५० हजार बजेटबाट तत्कालका लागि वडामा रहेका ३ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । वडाको बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभूत र मिलन आधारभूत विद्यालयका आर्थिक अवस्था न्यून भएका विपन्न बालबालिकालाई स्वीटर वितरण गरिएको दाहालले बताउनुभयो । वडा कार्यालयमा बुद्ध माविका अन्य २ वटा विद्यालयलाई सोही सिद्यालयमा नै पुगेर स्वीटर वितरण गरिएको हो । यसरी जाडोको मौषममा वडा कार्यालयले गरेको कार्य प्रशंसनीय रहेको सहभागी विद्यालयहरुले बताएका छन् ।

वडाले विपन्न परिवारका जेष्ठ सदस्यहरुलाई पनि न्यानो कपडा वितरण गर्ने भएको छ । त्यस्ता विपन्न परिवारलाई जम्फर र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो । आगामी दिनमा पनि वडा बासीको समस्यामा संधै वडाले सक्ने सहयोग गर्ने अध्यक्ष दाहालको भनाइ छ ।

सम्बन्धित खवर