प्रहरीको ज्यादती भयो, रसिद काटेको बालुवालाई पनि चोरी आरोपमा जिल्ला पठायो

प्रहरीको ज्यादती भयो, रसिद काटेको बालुवालाई पनि चोरी आरोपमा जिल्ला पठायो

भीमराज अधिकारी, पथरी

जनताको सुरक्षा र खराब कुराहरुको निरिक्षणका लागि प्रहरीको भूमिका अब्बल हुनु निकै राम्रो कुरा हो तर पथरीको हकमा भने त्यसको ठिक उल्टो भएको व्यावसायीहरुले बताएका छन् । मोरङको इलाका प्रहरी कार्यालय पथरीले अनावश्यक झनझट दिएको भन्दै ट्याक्टर व्यावसायी राजेन्द्र रेग्मीले गुनासो गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ निवासी रेग्मीको ट्याक्टर पौष २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै थियो । सो समयमा लामाटोली भन्ने ठाउँमा प्रहरीको चेकिङका क्रममा आवश्यक कागजात नभएको भनेर इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको रेग्मीले बताए । २२ गते विहान रेग्मीले कागजपत्र बोकेर इलाका पुग्दा डिएसपी दिलिप कुमार गिरीले सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) नविकरण फेल भएको र सो नविकरण गरेर आउनु अनि गाडी लैजानु भनेको तर आफु ब्लुबुक नविकरण गरेर आउदा चोरीको बलुवा हो भनेर जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुःख दिएको रेग्मीले बताए । ‘आफुले के के कागज दिनु सर भन्दा ब्लुबुक मात्रै दिनु भन्नु भयो तर अहिले चोरीको बलुवा भनेर यसरी दुःख दिन पाइन्छ ? म संग बालुवा खरिद गरेको रसिद छ’ भन्दै रेग्मीले रसिद देखाए तर डिएसपी गिरीले अब जिल्ला समन्वय गएर उतै मिलाएर आउनु, उतै रसिद पनि देखाउनु भनेपछि रेग्मी अलमलमा परेको बताउछन् ।

यस विषयमा डिएसपी गिरीलाई बुझ्दा पहिले सबै कागज नदेखाएको र आफुले जिल्ला समन्वयमा पत्र काटेको बताए । ‘अब उतै गएर मिलाएर आउनु पर्छ, कागज देखाउनु भनेपछि सबै देखाउनु पर्दैन ?’ गिरीले उल्टै प्रश्न गरे ।

प्रहरीले सबैकुरा नै नबुझी पत्र काटेको भनेपछि सास्ती भोग्न बाध्य बनाएको छ । रेग्मीले पौष २१ गतेको मितिमा साँझ ७ बजे बिल नं. ९३३ को रु. १ हजार ५० को रसिद समेत काटेका छन् तर प्रहरी यी सबै कागज नै नमागी चोरीको बलुवा हो भनेर जिल्ला पठाउनु व्यावसायीलाई दुःख दिने नियत नै देखिन्छ । सबै प्रकृया पुरा गरेपछि गाडी लान दिनुको सट्टा जिल्ला प्रशासन जानु भनेर उल्टै आफुलाई झनझट दिएको रेग्मीको आरोप छ । आज २४ गते सम्म पटक पटक धाउदा समेत गाडी लिनका लागि जिल्ला जानुस भन्ने जवाफ आएको रेग्मीले बताए ।

सम्बन्धित खवर