नेकपा प्रदेश तीन संसदीय दलको बैठक हेटौंडामा जारी

नेकपा प्रदेश तीन संसदीय दलको बैठक हेटौंडामा जारी

तीन नम्बर प्रदेशको नाम र राजधानीका विषयमा सत्तारुढका सांसदबीच सहमति जुटन नसकेको सत्तारुढ नेकपाको प्रदेशसभा संसदीय दलको बैठक जारी छ।
केहीबेर अघि मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौंडामा सुरु भएको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणबारे एकमत भएर निर्णय गर्ने प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए।
पार्टीको केन्द्रीय नेतृत्वले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्न दुई पटक निर्देशन दिइसकेकाले बैठकले यहि निर्णयलाई अनुमोदन गर्नेछ। तर केही सांसदले काभ्रेमा राजधानी बनाउनुपर्ने बताउँदै आएकाले फ्लोर क्रस हुने संभावना रहेपछि नेकपाले ह्वीप लगाउने तयारी पनि गरेको छ। थाहाखबर

सम्बन्धित खवर