इराकमा रहेका नेपाली सेनालाई सतर्क रहन आग्रह

इराकमा रहेका नेपाली सेनालाई सतर्क रहन आग्रह

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय मिसनहरुमा खटिएका नेपाली सेनालाई सतर्क रहन निर्देशन दिएको छ ।
इराकमा अमेरिकाले गरेको हवाइ कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल आक्रमण हुन थालेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै मिसाइल आक्रमण भइरहेकाले इराकको किर्कुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।
हालसम्म नेपाली सैनिकहरु भने सकुशल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर