देउवामाथि सामूहिक दबाब

देउवामाथि सामूहिक दबाब

कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी छ ।
देउवा मनोनीत बहुमतका आधारमा पेलेर अघि बढेपछि असन्तुष्ट पक्ष (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला लगायतको समूह) ले केन्द्रीय समति बैठक बहिष्कार गर्दै आएको थियो।
पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या २८ बाट ४७ र्पुयाउने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि असन्तुष्ट पक्षले त्यसविरुद्ध अभियान थालेको थियो। भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिसमेत सहभागी भएपछि देउवा हच्केका छन्।
क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरिएको विरोधमा सन्तुष्ट पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। असन्तुष्ट पक्षले राष्ट्रियसभा सदस्य चयनका लागि सभापति देउवाले डाकेको बैठक पनि बहिष्कार गरेको थियो।

सम्बन्धित खवर