राष्ट्रिय सभा निर्वाचन ः सातै प्रदेशमा सत्तारुढ नेकपा हाबी

राष्ट्रिय सभा निर्वाचन ः सातै प्रदेशमा सत्तारुढ नेकपा हाबी

आगामी माघ ९ गते राष्ट्रिय सभाका १८ सदस्य पदका लागि निर्वाचन हुँदैछ। ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १८ जनाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।
फागुनमा कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन्।
सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बास्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदैछ।
राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ। माघ ९ पछि कांग्रेसले राष्ट्रियसभाबाट आफ्ना सात जना सांसद् गुमाउँदै छ।
प्रदेश २ मा नेकपाले राजपासँग र कांग्रेसले समाजवादीसँग तालमेल गरेर उम्मेद्वार मनोनयन गरेका छन्। राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता रहनेछन्। थाहाखबर

सम्बन्धित खवर