पथरीमा उपमेयरको मनोमानी ः अस्पतालमा डाक्टर बस्न नपाएको स्वास्थ्य संयोजकको भनाइ

पथरीमा उपमेयरको मनोमानी ः अस्पतालमा डाक्टर बस्न नपाएको स्वास्थ्य संयोजकको भनाइ

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा लामो समय देखिको जन–प्रतिनिधि र कर्मचारी विचको विवादले उग्र रुप लिएको छ । कर्मचारीको खेदो खन्ने गरेको धैरै कर्मचारीहरुले अगाडी देखि नै गाइगुइ कुराकानी गरिरहेका थिए । पछिल्लो समय यपमेयरले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरेको भन्दै कर्मचारीहरु आक्रोसित हहुन थालेका छन् ।

बुधावार नगरको एक मात्र अस्पताल नगर अस्पतालमा पुग्दा त्यहाँ कार्यरत डाक्टर अस्पतालमा नभेटिएपछि सोको खोजिनीति गर्दा उप–मेयरले अस्पतालमा कार्यरत डाक्टरलाई आफुसँगै लिएर गएको कुरा बाहिर आएको हो ।

अस्पतालमा २ जना एमविविएस डाक्टरहरु कार्यरत भएतापनि बुधवार कार्यालय समयमा अस्पताल परिसरमा डाक्टर नभेटिए पछि हामीले नगर स्वाथ्य संयोजक मुरारी आर्चायलाई सो वारेमा बुझ्दा आर्चायले भने –“उप–मेयर सावले जनताको सेवा गर्नु पर्छ भन्दै अस्पतालमा कार्यरत एक जना डाक्टरलाई आफुखुसी लिएर गएपछि अस्पताल खाली भएको हो । मैले भनेको थिएँ बरु स्वास्थ्य कर्मीका साथमा राखेर एम्बुलेन्स पठाइदिन्छु, यही अस्पतालमा ल्याएर उपचार गरौँ तर उपमेरले मान्नु भएन ।”

उप–मेयर सावले टेलिफोनमा डाक्टर पठाईदिन आग्रह गर्नु भयो तर अस्पतालको अवस्था अनुसार नमिल्ने भएपछि एम्वुलेन्स र स्वास्थ्यकर्मी पठाएर अस्पतालमै ल्याँउ अनि उपचार गरुँ भन्दा पनि उहा मान्नु भएन बरु उल्टो उहाले आफ्नो पदिय शक्तिको दुरुपयोग गर्दै दम्भ देखाएर नै डाक्टरलाई नै लैजानु भयो ।
उप–मेयरले पदिय शक्तिको प्रयोग गर्दै अस्पतालमा कार्यरत डाक्टरहरुलाई विभिन्न समयमा घर–घरमा पठाएर उपचार गराउनु आफुलाई निर्देशन दिने गरेको समेत आचार्यले बताउनुभयो ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत डाक्टरलाई एक जना व्याक्तिको उपचारको लागि भनेर लैजानु जायज नभएको आर्चायको भनाई रहेको छ ।

२ जना डाक्टर अस्पतालमा कार्यरत रहेपनि एक जना डाक्टर अस्पतालकै कामको शिलशिलामा नगरपालिकामा रहेको आफुले उप–मेयरलाई जानकारी गराउदा गराउदै पनि मैले बोलेपछि “सक्कियो” भन्दै अस्पतालमा कार्यरत डाक्टरलाई आफुसंग लिएर गएको आर्चायले बताउनुभयो ।

नेपाल सरकारले खटाएका डाक्टरहरुलाई स्वास्थ्य संस्थामा रहेर सेवा गर्ने प्रवाधान भएपनि विभिन्न राजनैतिक पृष्ठभुमिबाट आएका जन–प्रतिनिधिहरुले आफ्नो सस्तो राजनैतिक स्वार्थ र लोकप्रियतालाई कायम राख्न पदको दुरुपयोग गर्दै मनोमानी गर्दा जन स्तरमा सेवा दिन असहज भएको आर्चायको भनाइ रहेको छ ।

यता सो बारेमा नगर उप–प्रमुख यमुना विष्टलाई बुझ्दा विष्टले आफुले पदको दुरुपयोग गरेर डाक्टरलाई लिएर नगएको बताउनुभयो । विष्टले भन्नुभयो–“अनुगमनको सिलसिलामा आफुले वडा नम्वर ३ मा एक जना जेष्ठ नागरीक विरामी परेको भेटेपछि नगर स्वाथ्य संयोजकलाई टेलिफोन गरी डाक्टर पठाइदिन अनुरोध गर्दा उहाले पठाउन मिल्दैन भन्ने जवाफ दिए पछि आफै अस्पतालमा पुगेर एक जना डाक्टरलाई विरामीको घरमा लगेर उपचार गराएकी हुुँ, लगभग १ घण्टा पछि फेरी आफ्नै गाडिमा राखेर अस्पताल नै छोडेकी पनि हुँ ।”

नगरले जेष्ठ नागरिकका लागि दिने सेवा अन्तर्गतकै कार्यमा आफु नगरपालिकाको जिम्मेवार पदमा रहेकोले सोको कार्यान्ययन गराएकी हुँ पदको दुरुपयोग गरेर राजनैतिक लोकप्रियतालाई कायम राख्न कर्मचारीको दुरुपयोग गरेकी छैन् । संयोजक ज्युले आफुले गरेका कमजोरीहरु कहिलै देख्नु हुन्न उहाले गरेका कमजोरीहरु माथी प्रश्न गर्दा सोको जवाफ नदिएर व्याक्तिगत प्रतिशोध साध्नका लागि मात्र पदको दुरुपयोग गरेको आरोप लगाउनु भएको हो ।

सम्बन्धित खवर