हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका सभापति भण्डारीको निधन

हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका सभापति भण्डारीको निधन

विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष नीलप्रसाद भण्डारीको निधन भएको छ। सामुदायिक वनका अवधारणाकर्ता एवं सिन्धुपाल्चोकका पूर्व्जिविस सभापति भण्डारीको बुधबार बिहान ४ः१५ बजे कोटेश्वरस्थित निवासमा निधन भएको हो।
भण्डारी सुनकोशी गाउँपालिका ठोकर्पाका बासिन्दा हुन्। ८२ वर्षीय भण्डारी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए। भण्डारीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘स्व. भण्डारी सिन्धुपाल्चोकका लोकप्रिय नेता, प्रखर राष्ट्रवादी र समग्रमा एक असल व्यक्ति हुनुहुन्थ्यो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।’
यस्तै, विश्व हिन्दु महासंघले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमार बुधबारका लागि काठमाडौंमा तय गरेको कार्यक्रम स्थगित गरेको छ।
महासंघकी महासचिव अस्मिता भण्डारीले सभापति भण्डारीको निधनका कारण बुधबार हुने कार्यक्रम स्थगित गरेको जानकारी दिइन्। २०२९ सालमा तत्कालीन ठोकर्पा गाउँपञ्चायतका प्रधानपञ्च रहँदा भण्डारीले सुरक्षाकर्मी र तारबारबिना नै जनस्तरबाटै वन जोगाउन सकिन्छ भन्ने अवधारणा अघि सारेका थिए।
उनी उनले सिन्धुपाल्चोकको दुई पटक जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए। उनलाई सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो।
मुलुकभर स्थापित सामुदायिक वनको सफल विकास भण्डारीकै अवधारणा अनुसार भएको हो। भण्डारीको दुई छोरा, तीन छोरी र श्रीमती छन्। थाहाखबर

सम्बन्धित खवर