विराटनगरमा दुई दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुदै

विराटनगरमा दुई दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुदै

प्रदेश १ को राजधानी विराटनगरमा २ दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर सम्मेलन गर्न लागेको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजले बार्षिक उत्सवको अवसरमा प्राबिधिक शैक्षिक सम्मेलन गर्ने जनाएको हो ।
शिक्षालाई प्रविधिसंग जोड्दै प्रविधिमैत्री समाज बनाउने उद्देश्यका साथ पहिलो पटक बृहत सम्मेलनको आयोजना गर्न लागेको प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले बताए ।
पुस २७ गते देखि सुरु हुने सम्मेलनको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नेछन् । सम्मेलनमा बृहत डिजिटल शैक्षिक सामाग्री प्रदर्शनका लागी राखिने आयोजकले जनाएको छ ।
सम्मेलनमा देशभरका सात प्रदेशबाट ७ सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहने बस्यालको भनाई छ । सम्मेलनमा १२ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर