इरानमा १८० यात्रु सवार विमान दुर्घटना

इरानमा १८० यात्रु सवार विमान दुर्घटना

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन ।
इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।
नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।
बोइङ जहाज पटक(पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो ।
पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो ।
बोइङका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । त्यसले गलत तथ्यांक देखाउँदा दुर्घटना भएको निष्कर्षसहित सो सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको बोइङका अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित खवर