ए डिभिजन लिग फुटबलमा आज ब्रिगेड र थ्रीस्टार तथा च्यासल र पुलिस भिड्ने

ए डिभिजन लिग फुटबलमा आज ब्रिगेड र थ्रीस्टार तथा च्यासल र पुलिस भिड्ने

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका थप २ खेल हुँदैछन् आजको पहिलो खेलमा ब्रिगेड व्वाईज र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे आजको पहिलो खेल सुरु हुनेछ । एकअर्का्विरुद्ध मैदान उत्रदा दुबै टोली तेस्रो जितसँगै शीर्ष तीनमा पुग्ने योजनामा रहनेछन् ।
सोहि मैदानमा दिँउसो ३ बजे नेपाल पुलिस र च्यासल युथ क्लब आमने सामने हुनेछन् । ४ खेलबाट २ जित १ बराबरी र १ हारको नतिजा निकालेको पुलिस तालिकामा ३ अंक थप्दै शीर्ष टोलीमाथी दबाव बढाउने योजनामा रहेको छ ।
१ जित २ हार र १ बराबरीसँगै ४ अंकमा तालिकाको नवौ स्थानमा रहेको च्यासल भने दोस्रो जितको खोजीमा छ । लिगमा सयौँ गोलको संघारमा रहेका स्टाईकर सन्तोष साउखललाई त्यो किर्तिमान निर्माणका लागि पनि आजको खेल महत्वपुर्ण रहेको छ ।

सम्बन्धित खवर