अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष नै पक्राउ, अध्यक्ष सम्पर्क्विहीन

अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष नै पक्राउ, अध्यक्ष सम्पर्क्विहीन

सेक्टर वन कार्यालय वाणीले कञ्जनपुरको कृष्णपुर नगरपालिका–२ बाट अवैध काठसहित मंगलबार राति दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका छन्।
वनका अध्यक्षको खोजी भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले बताइन्। सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको हो।
फर्निचर उद्योगमा राखिएको ३५ क्युविक फुट काठ बरामद गरिएको छ। बरामद काठका तीनवटा गोलियाको लम्बाई ७ फुट रहेको वन कार्यालयले जानकारी दिएको । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर