अमरसिंह माविको बेहाल, ३ घण्टी पढाएर कहाँ जान्छन् शिक्षक ?

अमरसिंह माविको बेहाल, ३ घण्टी पढाएर कहाँ जान्छन् शिक्षक ?

भीमराज अधिकारी, पथरी
देशैभर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने हुइप चलिरहेका बेला मोरङको पथरी शनिश्चरे ५ मा रहेको अमरसिंह माध्यमिक विद्यालयको भने शैक्षिक अवस्था बेहाल छ । दैनिक रुपमा ७ घण्टी पढाइ हुनुपर्ने हो तर यहाँ ३ घण्टी पढाएर शिक्षक नै गाएप हुने गरेको विद्यार्थीहरु बताउछन् ।

मंगलबार वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित अनुगमनका लागि विद्यालयमा छड्के चेकमा पुग्दा विद्यालय छुट्टी हुन लागेको थियो । ४ बजे छुट्टी हुने विद्यालयमा २ बजे नै शिक्षकहरु थिएनन् । प्रधान ध्यापक डोमी शाह झोला भिरेर गेटमै पुगेका थिए । २, ३ जना शिक्षकहरु त १ किलोमिटर तल हसन्दह बजार नै पुगिसकेका थिए । विद्यालयमा भएका केही विद्यार्थीहरु चौरीमा फुट्बल खेल्नमा मस्त थिए । छैटौँ घण्टी पढाइ हुने बेला सम्म पनि टिफिन अगाडी ३ घण्टी बाहेक पढाइ नै नभएको विद्यार्थीहरुले बताए । ‘‘टिफिन समय सम्म त पढाइ हुन्छ तर टिफिन पछाडी त सधैँ यस्तै हो ।’’ एकजना छात्राले भनिन् तर मेरो नाम चैँ नलेखि दिनु है सर ति छात्राले भनिन् ।

यहि विषयमा जिज्ञासा राख्न अफिसमा पुग्दा जम्मा ४ जना शिक्षक थिए । केही समय पछि कक्षा सकेर केही शिक्षकहरु आए तर अघिकांश शिक्षकहरु अघि विद्यालयबाट बाहिरि सकेका थिए । आज शिक्षकहरुको तलब आएको हुँदा धेरै जसो शिक्षकहरु तलब लिन बैंक गएको प्रअ शाहले बताए । अमरसिंहमा जम्मा २४ जना शिक्षकहरु कार्यरत छन् । आज २ जना विदामा बसेका छन् । विदामा बसेका शिक्षकले फोनमा आफ्नो काम परेको प्रअलाई जानकारी गराएको तर हाजिर खातामा विदा जनाउन बाँकी रहेको शाहले बताए । केही शिक्षकहरु राहत कोटामा कार्यरत छन् । उनिहरुले ११ र १२ कक्षामा अध्यापन गराउने र २ बजे छुट्टी हुने बताएता पनि ति शिक्षकहरुले समेत हाजिर खातामा ४ बजेको हस्ताक्षर गरेर घर लागेका छन् । केही शिक्षक काममा व्यास्त छन् तर २ बजे सम्म पनि हाजिर भने गर्न भ्याएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिले केही गर्दा पनि शैक्षिक गुणस्तरमा सुधार गर्न नसकेको गुनासो गरेको छ । आफ्नो कार्यकालमा अमरसिंहमा सबैको ध्यान तान्न सक्ने विद्यालय बनाउन खोजेपनि पार नलागेको अध्यक्ष जोग बहादुर धिमालले बताए । पटक पटक विद्यालय सुधारका लागि बैठकमा कुरा गरेता पनि कार्यान्वयन हुन नसक्दा काम गर्न गाह्रो भएको धिमालको भनाइ छ ।

व्यवस्थापन समितिले विद्यालय सुधारका लागि हालको वास्तविक अवस्थाका बारेमा जानकारी दिन प्रअ शाहलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेको व्यवस्थापन समिति सदस्य वीरबहादुर तिम्सिनाले बताए । शिक्षकहरुले गुणस्तर सुधारमा ध्यान नदिदा समितिको बद्नाम हुने अवस्था छ तिम्सिनाले भने । स्कुल समयमा अधिकांश विद्यार्थीहरु हसन्दह बजार, पसल तथा झोलुङ्गे पुलतिर भेटिने गरेको अर्का सदस्य रिजमान महमदले बताए । विद्यालयले गेटमा पाले राख्ने प्रस्ताव गरेपछि त्यो निर्णय गरियो । शिक्षकहरुको पनि हाजिरी व्यवस्थापन गर्न फिङ्गर मेसिन ल्याउन भन्दा घोचेर फुट्छ भनेर लाजमर्दो जवाफ फर्काउने गरेको महमदले बताए ।

जमाना प्रविधिको छ तर हाजिर नै फिङ्गर स्क्यान मेसिनमा गर्न नजान्ने शिक्षकले विद्यार्थीलाई के पढाउछन् ? यसरी सरकारी तलब पचाएर बस्ने अनि शिक्षामा गुस्तर सुधार नगर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक स्तर कहाँ पुग्छ ? साविकमा हसन्दह गाविसको एकमात्र माविको पछिल्लो विद्यार्थी संख्या पनि दैनिक रुपमा घटिरहेको छ । हाल ६५० जना मात्रै विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित खवर