डढेलोबाट आक्रान्त अष्ट्रेलियाले नेपाल भ्रमण वर्षको ¥याली रोक्यो

डढेलोबाट आक्रान्त अष्ट्रेलियाले नेपाल भ्रमण वर्षको ¥याली रोक्यो

नेपाल भ्रमण बर्ष–२०२० प्रबद्र्धन गर्न अष्ट्रेलियाको सिड्नीमा निकालिएको ¥यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ। भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि यतिखेर अष्ट्रेलियामै छन्।
नेपाल भ्रमण वर्षको अन्तर्रा्ष्ट्रिय शुभारम्भ गरिँदै आज निकालिएर्को यालीको नेतृत्व मन्त्री भट्टराईले नै गरे तर सिड्नी प्रहरीले रोकिदिएको त्यहाँ रहेका प्रवासी नेपालीहरुले जानकारी दिएका छन्।
र्सो यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र भिक्टोरियाका कन्सुलर चन्द्र योन्जन सहभागी थिए। प्रचारप्रसार र व्यवसायिक लाभका लागि अष्ट्रेलियाको कानुन मिचेर्र याली आयोजना गरिएको तथा त्यसमा सहभागीहरुको संख्या समेत धेरै रहेकाले रोकिएको खबरहरुमा उल्लेख छ।
व्यवस्थापनमा आयोजकले ध्यान नदिएकार्ले याली रोकिएको भन्दै सहभागीहरुले आक्रोश समेत पोखेका छन्। व्यापक आगलागीका कारण यतिखेर अष्ट्रेलिया शोकमा छ। डढेलोका कारण त्यहाँ हालसम्म २५ जनाको मृत्यु भएको छ भने ६० करोड जीवनजन्तुको मृत्यु भएको छ।

सम्बन्धित खवर