ए डिभिजन लीग ः हिमालन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै

ए डिभिजन लीग ः हिमालन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज हुने एक मात्र खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा भिड्दैछन्। यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।
दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन्। फ्रेन्ड्स क्लबले आफ्ना ४ वटा खेलबाट जम्मा १ अंक जोडेको छ भने हिमालयन शेर्पाले समान खेलबाट २ अंक जोडेको छ। यसअघि हिजो भएका दुबै खेल बराबरीमा रोकिएका थिए।
मनाङ मस्र्याङ्दी र मच्छिन्द्रले २–२ गोलको बराबरी खेल्दा न्युरोड टिम एनआरटी र जावलाखेल युथ गोलरहित बराबरीमा रोकिएका थिए।

सम्बन्धित खवर