दुई सय ९६ जेष्ठ नागरिक सम्मनीत

दुई सय ९६ जेष्ठ नागरिक सम्मनीत

इलामको रोङ गाउपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा हाल सम्म २ सय ९६ जना जेष्ठ नागरिक सम्मानित भएका छन् ।
ज्येष्ठ नागरिकलाइ वडानम्बर ४ को कार्यलयमा सम्मान गर्दै उपाध्यक्ष चन्द्कला राइ वडा नम्बर ४ का वडाध्यक्ष सूर्य राइ कार्यपालिका सदस्य बिमला तामाङ वडा सदस्य कमल राई लगायत गाउँपालिका भरीको करिब १ हजार जना जेष्ठ नागरिकलाई सम्मान गर्ने लक्ष्यले वडा नम्बर १ बाट सुरु गरेको जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा बितरण कार्यक्रम हाल सम्म ३ वटा वठामा सम्पन्न भइसकेको छ ।
वडा नम्बर १ मा ९२ जना वडा नम्बर २ मा १ सय २७ जना र वडा नम्बर ४ मा ७७ जना सम्मानित भएका छन् । गाउपालिका अध्यक्ष शमसेर राई, उपाध्यक्ष चन्द्रकला राई वडा सचिबहरु लगायतको उपस्थितिमा न्यानो कपडा सहित सम्मान गरिएको महिला तथा बालबालिका कार्यालय रोङको कार्याँलय प्रमुख रेनुका राईले बताइन् ।

सम्बन्धित खवर