जाडो छल्न विद्यार्थीलाई सुइटर

जाडो छल्न विद्यार्थीलाई सुइटर

बेलबारी नगरपालिका वडा नम्बर ९ ले वडामा रहेका विभिन्न ४ वटा सामुदायिक विद्यालयका करिब ५ सय बिद्यार्थीलाई आईतबार सुइटर वितरण गरेको छ ।
उक्त वडा भित्र रहेका कालि माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, ज्ञानोपार्जन तथा दिपजोति आधारभुत बिद्यालयका बिद्यार्थीलाई सुईटर बितरण गरिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । जाडो बढ्दै जादा बिद्यालयमा बिद्यार्थीको चाप घट्दै जान थालेपछि पठन पाठनमा असर नपुगोस भनेर सुइटर बितरण गरिएको वडाअध्यक्ष खड्काले बताए ।
पुसको पहिलो साता देखी तराईका जिल्लामा जाडो बढ्दै जादा नियमित विद्यालय आउने बिद्यार्थीहरुको सख्या घट्दै गएको काली माध्यमिक विद्यालयका शिक्षक बादल देवानले बताए । उने विद्यार्थीहरु सगँ उपयुक्त न्यानो कपडको कमिले विद्यार्थीहरु विद्यालय नियमित नभएको बताए ।स्थानिय सामुदायिक विद्यायहरुको पठन पाठन खच्कीन नदिन न्यानो कपाडाहरु वितरण गरिएको वडाअध्यक्ष खड्काले बताए । ब्लाष्टखबर

सम्बन्धित खवर