नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आज पनि बोल्दै

नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आज पनि बोल्दै

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय समितिको बैठकले यही पुष ११ गते गरेको निर्णय सच्याउनुपर्ने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको बैठकमा धारणा राख्ने जिल्ला सभापतिहरुले सो निर्णय सच्याउनुपर्ने बताएका हुन् ।
सहमतिमा गर्नुपर्ने निर्णय सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा गरेको र ती निर्णयले कांग्रेसको भविष्यमा नै असर पर्ने भएकाले सच्याउनुपर्ने सुझाव दिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाले जानकारी दिनुभयो ।
महासमिति बैठकले पारित गरेको विधानको दफा केन्द्रीय समितिको बहुमतले पारित गर्नु अवैधानिक भएको उनीहरुको भनाई थियो । विशेष गरी विधानको दफा निलम्वन र १४ महाधिवेशनलाई लक्षित गरी वितरण गर्ने क्रियाशील सदस्यताले पार्टीलाई कमजोर पार्ने र विकृति निम्त्याउने तर्फ जिल्ला सभापतिहरुको विशेष चासो थियो ।
१५ जना जिल्ला सभापतिहरुले सुझाव दिएको र प्राय सबैको समान धारणा आएको केसीको भनाई छ । सभापति देउवाले बहुमतका आधारमा कार्यसमितिको म्याद थप्दै १४ औं महाधिवेशन एक वर्ष पर सारेको, विभागको संख्या ४७ र्पुयाएको लगायत महत्वपूर्ण निर्णय गरेपछि पौडेल पक्ष रुष्ट बनेको छ ।
यही पुष ११ गते केन्द्रीय समितिले बहुमतका आधारमा गरेका निर्णयको विरोधमा त्यसपछिका पार्टीका कुनै पनि बैठकमा सहभागिता नजनाएको पौडेल पक्षले जिल्ला सभापतिहरुसँग छलफल गरेको हो । बाँकी जिल्ला सभापतिहरुले आज विहान साढे ११ बजे बस्ने बैठकमा सुझाव राखेपछि धारणा तय गर्ने संस्थापन इतर पक्षले जनाएको छ ।

सम्बन्धित खवर