राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध एउटै उजुरी परेन

राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध एउटै उजुरी परेन

माघ ९ गते गर्न लागिएको राष्ट्रिय सभा चुनावका उम्मेदवारहरु विरुद्ध एउटा पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाविरुद्ध हिजो दिनभर उजुरी दिन आह्वान गरेको थियो।
कुनै पनि प्रदेशमा उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी नआएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। १८ पदमा हुने निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको छ।
आज (मंगलबार) उम्मेदवारको मनोनयनपत्र अध्ययन गरी भोली उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता श्रेष्ठले बताए। पर्सि २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ। राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गतेका लागि तय गरिएको छ।

सम्बन्धित खवर