समाजसेवामा अगाडी बढ्दै आरम्भ, देउसीको रकमबाट विद्यालयमा स्वीटर

समाजसेवामा अगाडी बढ्दै आरम्भ, देउसीको रकमबाट विद्यालयमा स्वीटर

प्रवेश विष्ट, रतुवामाई
नेपालमा आरम्भ नाट्य डबली साहित्य कला मञ्च जस्ता संस्था बिरलै पाइन्छ । स्थापना भएको छोटो समयमा नै समाजसेवामा अग्रसर रहेको यस संस्थाको कामले गर्दा नै आज लोकप्रियता सँगसँगै हरेक दिनदुखीको साहरा बन्दै आइरहेको छ । जुनसुकै संस्था पनि स्थापना गरिसकेपछि यसलाई बचाइराख्न उसको हरेक काम कार्वाहीलाई महत्वपूर्ण मानिन्छ ।

देशभर गत केहि दिनदेखि परेको वर्षाका कारण निकै चिसो वढेको छ । यहि चिसोलाई मध्यनजर गर्दै मोरङ्गको आरम्भ नाट्य डबली कला साहित्य मञ्चले देऊसी भैलोबाट उठेको रकमले रतुवामाई १० सातमेडीमा रहेको हिमालय आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमका विच आरम्भले कक्ष १ देखि ५ सम्म स्विटर र कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न सघं संस्थाका प्रतिनिधि, वडा नं १० का अध्यक्ष टंक ढकाल, अन्य वडा सदस्यहरु, रतुवामाई शिक्षा शाखा अधिकृत सुरेश निरौला, विद्यालयका प्रधानध्यापक चन्द्र प्रसाद पराजुली, आरम्भका अध्यक्ष समिर सुवेदी, सचिव नानु पौडेल र आरम्भका अन्य सदस्यहरुको साथै अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

वास्तविक हाम्रो वर्तमान समाजलाई हेर्ने हो भने आरम्भ जस्ता सामाजिक संस्थाहरु धेरै नै पाईन्छ तर आरम्भको जस्तो समाज परिवर्तन गर्ने सोच विचार बोकेका सघं संस्थाहरु भेट्न निकै गाह्रो हुन्छ । आरम्भले विभिनन नाटकहरु प्रस्तुत गर्दा आएको केहि रकमहरु जम्मा गरेर समाजका लागि यस्ता धेरै उदाहरणिय कार्यहरु स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै आरम्भका अध्यक्ष समिर सुवेदीले आरम्भ सामाजिक कार्य सुभारम्भ गर्न कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभयो । सम्वन्धित निकायबाट सहयोग नहुँदा पनि यस्ता कार्यहरु गर्न पछि नहट्ने पनि सुवेदीले वताउनुभयो ।

साथै विभिन्न स्थानबाट उपस्थित सवैले आरम्भलाई बधाई तथा आगमी दिनमा पनि यस्तै कार्य गर्नका लागि हौसला समेत प्रदान गरेका थिए।

सम्बन्धित खवर