भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

झापाको दमकस्थित क्याम्पसमोडमा शनिबार राति भारतीय ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। यात्रु बोकेको अटो रिक्सालाई ठक्कर दिदाँ दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ३ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरीत दिशाबाट आईरहेको बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परि मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ९ का अटो रिक्सा चालक हरिबहादुर भुजेल र सोहि वडामा बस्ने अटो रिक्सामा सवार सुरज शाह रहेका छन्। घाइते हुनेहरुमा उर्लाबारी नगरपालिका ३ का रोशन ढकाल, मुकुन्द दुलाल र ध्रुब कुईकेल रहेका छन्।
घाईते मध्ये दुई जना उपचारपछि घर फर्किएका छन भने एक जनाको सामान्य अवस्थामा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित खवर