भूवा किसान जनता पैनीको साधारण सभा सम्पन्न

भूवा किसान जनता पैनीको साधारण सभा सम्पन्न

विकास आचार्य, लेटाङ

मोरङ जिल्लाको लेटाङको भुवा चिसाङ जनता विकास पैनीको साधरणसभा एवम् अधिवेशन सम्पन्न भएको छ ।

विहिवार सम्पन्न १६ औं साधारण सभाले सर्वसहमतरुपमा पुनः भवानी आचार्यलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष आचार्यको कार्य क्षमता र उहाले गरेका कार्यले पुन उहालाई नै चयन गरिएको सदस्यहरु बताउछन् । विगतमा सिचाई नहुदा यस क्षेत्रमा उत्पादन कम हुने गरेको थियो । सिचाई कुलो बनेपछि स्थानियबासी निकै हर्षित बनेको पैनि उपभोक्ता गोविन्द चौलागाईले बताउनुहुन्छ । विगत पानी नहुदा सिचाईको लागि आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको चौलागाई बताउनुहुन्छ ।

२०३३ सालमा स्थापना भएको नहरले लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का ८० प्रतिशत सिचाई सुबिधा पुर्याउदै आएको छ । विगतमा मोरङको मरूभुमि भनेर चिनिने लेटाङमा आज भोली सयैं हेक्टर जमिनमा सिचाइको माध्यम बाट धान, मकै, गहु र विभिन्न नगदेवाली उत्पान हुने गरेको छ । सिचाई कुलो बनेपछि स्थानियबासीले उखु, सुर्ती, तोरी लगायतका नगदे वालीबाट मनग्य आम्दानी गरेको कृषक टंक प्रसाद भट्टाई बताउनुहुन्छ ।

अध्यक्षमा पुनः निर्वाचित भएपछि अध्यक्ष आर्चायले आगामी ४ वर्षे र्कायकालमा कृषिमा नबिन्तम परिवर्तन, वैज्ञानिक खेति प्रणालीमा जोड र रसायन मुक्त कृषि उत्पादनमा जोड दिने बताउनुभयो । उहाले आफ्नो कार्यकालमा मझुवाको ५० हेक्टर सहित ७०० हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउन भावि योजना समेत अघि सार्नु भएको छ । साधरणसभा एवम् अधिवेशनबाट उपाध्यक्षमा हरि सुवेदी, सचिवमा राजु तामाङ, सह सचिवमा चन्द्र गौतम, कोषध्यक्षमा दुर्गा श्रेष्ठ गरी १० जना सदस्य, लेखा समिती संयोजकमा पदम बहादुर श्रेष्ठ र सल्लाकार समिती संयोजकमा हरि प्रसाद धमाल निर्वाचित हुनुभएको छ ।

सम्बन्धित खवर