कुखुरा फर्ममा आगलागी २ हजार ५ सय कुखुरा नष्ट

कुखुरा फर्ममा आगलागी २ हजार ५ सय कुखुरा नष्ट

पथरी, मोरङको पथरी शनिश्चरे ८ स्थित कमल कृषि फर्ममा आगलागी हुँदा २ हजार ५ सय वटा कुखुरा जलेर नष्ट भएका छन् ।

फर्ममा रहेका २ हजार ५ वटा कुखुरा तथा कुखुराको खोर सम्पूर्ण रुपमा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको फर्मका सञ्चालक कमल बहादुर भण्डारीले जनाउनु भयो ।

रहस्यमय रुपमा हिजो वेलुका ५ बजेको समयमा आगलागी भएकाले कसैले आगो लगाइदिएको हुनसक्ने भण्डारीको आशंका छ । नगरपालिका उपप्रमुख एवम् नगर अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला सहितको टोलीले आज त्यहाँको अनुगमन गरेको छ ।

सम्बन्धित खवर